सुदुरपश्चिममा कारागारबाट भागेका ४ सय ८१ जना बाहिरै

  मङ्गलबार २१, असोज २०८२ १२:३३

धनगढी । सुदुरपशिचम प्रदेशमा जेन्जी आन्दोलनका दिन कारागारबाट भागेका झन्ड एक हजार कैदीबन्दीलाई पक्राउ गरिएको छ । भदौ २४ जेन्जीहरुको प्रदर्शनका क्रममा भागेका नौँ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डीएसपी) निशान्त श्रीवास्तवले कैलाली सहितका विभिन्न कारागार बाट भागेका ९४१ र बाल सुधार गृह डोटीबाट भागेका ३६ गरेर ९७७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको बताए । 

उनका अनुसार कारागारबाट नभागेका २९६ जना समेत गरेर अहिले एक हजार दुई सय ७२ जना कैदीबन्दी कारागारमा राखिएका छन् । अब बाल सुधार गृह र विभिन्न कारागार बाट भागेका ४८१ जना भागेका कैदीबन्दीलाई पक्राउ गर्न बाँकी रहेको छ । जेन्जी आन्दोलनका दिन सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका छ सय ६६ मध्ये ३४१ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला कारागार कन्चनपुरका चार सय ५८ मध्य तीन सय ४५, बझाङ्ग कारागारका ५३, डडेल्धुरा कारागारका ८० जना , बैतडी कारागारका ५९ ,दार्चृूला कारागारका ६३ र बाल सुधार गृहका ३६ कैदीबन्दीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


जिल्ला कारागार डोटी बाजुरा र अछाम भने कैदीबन्दी भागेका थिएनन् । कतिपय कारागारबाट भागेका केही कैदीबन्दी आफै कारागार फर्कियपनि धेरैजसो कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएका थिए ।

clock मङ्गलबार २१, असोज २०८२ १२:३३

प्रतिक्रिया