धनगढीमा कर्मचारी मृत्यु प्रकरण : दुई जना पक्राउ

  मङ्गलबार २१, असोज २०८२ ०७:२६

धनगढी । धनगढीमा विष सेवन गरेर महिलाको मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन्। धनगढीस्थित हुलाकी राजमार्ग योजना कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर शिलादेवी बोहराको मृत्यु घटनामा २ जना समातिएका हुन्।

प्रहरीका अनुसार घटना असोज १३ गते (फूलपातीको दिन) कार्यालयकै क्वाटरभित्र भएको हो। शिला देवी बोहराले विष सेवन गरेपछि मृत्यु भएकोमा परिवारले २ जनाविरुद्ध जाहेरी दिएको थियो।

सो जाहेरीका आधारमा सोही दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।  मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा असोज १४ गते दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

मृतकका परिवारले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका छन्। शिलादेवीको शवको पोस्टमार्टम सेती प्रादेशिक अस्पतालमा गरिएको हो। प्रहरीका अनुसार, पोस्टमार्टम रिपोर्ट अहिलेसम्म प्राप्त नभएकाले मृत्युको वास्तविक कारण पत्ता लाग्न बाँकी छ।

clock मङ्गलबार २१, असोज २०८२ ०७:२६

प्रतिक्रिया