कञ्चनपुर कारागारबाट फरार ११६ कैदी सम्पर्कमा आएनन्

  सोमबार २०, असोज २०८२ ०८:३६

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका ११६ कैदी अझै सम्पर्कमा आएका छैनन् । भदौ २४ गते ४७८ जना कैदी फरार भएकोमा अझै अझै ११६ जना कैदी सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनले फरार रहेका कैदिबन्दीलाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा तोकेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई २० गते भित्र सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।

कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने बताए । उनले फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने बताए ।

clock सोमबार २०, असोज २०८२ ०८:३६

प्रतिक्रिया