सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आजबाट धनगढीबाट पूर्वी रुटमा बस सञ्चालन गर्ने

  सोमबार २०, असोज २०८२ ०७:१२

धनगढी । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले असोज २० गते आज देखि बस सञ्चालन गर्ने निर्णय गरेको छ।

देशका विभिन्न स्थानमा भइरहेको लगातार भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि गाडी चलाउन बन्द गरिएको अवस्थामा आजबाट गाडी चल्ने अध्यक्ष पदमराज सापकोटाले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनपछि असोज १८ गतेदेखि नै लामो दुरीका बस सञ्चालन नगर्न सूचित गरिएको थियो।


हाल पनि विभिन्न सडक खण्डमा अवरोध कायम रहेकाले काठमाडौं र कैलाली जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवा सुचारु गरिएको कम्पनीले जनाएको छ।

सूचना अनुसार काठमाडौं–धनगढी र धनगढी–पूर्वी रुटका सबै सवारीसाधन असोज २० गतेदेखि सञ्चालनमा आउने छन्।  

May be an image of text

clock सोमबार २०, असोज २०८२ ०७:१२

प्रतिक्रिया