सार्वजनिक बिदा कटौती, आजबाट सबै प्रकारका कार्यालय खुल्ने

  सोमबार २०, असोज २०८२ ०७:०४

धनगढी । सोमबारबाट कैलाली जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीले ‘कैलाली जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको सूचना’ जारी गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएको हो ।

मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो ।

 ‘प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा गृह मन्त्रालयबाट असोज १९ गते जारी सूचनाका आधारमा भोली सोमबारदेखि जिल्ला स्थित सबै सेवा प्रदायक निकायहरूले सेवा प्रवाह सुचारु गर्नु गराउनु हुन सम्बन्धित सबैलाई निर्देशानुसार अनुरोध गरिएको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शविराज जोशिले आइतबार सो सूचना जारी गरेका हुन् ।

clock सोमबार २०, असोज २०८२ ०७:०४

प्रतिक्रिया