कैलालीमा भोलिबाट सबै निकायलाई सेवा प्रवाह गर्न निर्देशन

  आइतबार १९, असोज २०८२ २०:२९

धनगढी । जिल्लामा निरन्तर वर्षासँगै आएको बाढीपहिरोको विपद्‌ व्यवस्थापनमा संलग्न कर्मचारीले सेवा प्रवाहमा कठिनाइ भएको जनाएका बेला जिल्ला प्रशासन कार्यालयले सबै सरकारी निकायलाई नियमित रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अब जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवायोग्य निकायहरूले तोकिएको समयमा सेवा प्रवाह गर्नुपर्ने भएको छ। प्रशासनले सोमबारदेखि नियमित सेवा सञ्चालन गर्न सबै कार्यालयहरूलाई आग्रह गर्दै आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

प्रशासनका अनुसार बिपद्‌ व्यवस्थापन र सार्वजनिक सरोकारका सेवा अवरुद्ध हुन नदिनका लागि सम्बन्धित कार्यालयका प्रमुख र सेवाप्रदायक कर्मचारीहरू जिम्मेवार रहनुपर्नेछ।

यसअघि सार्वजनिक बिदा दिएर स्थगित गरिएको सेवा अब नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

clock आइतबार १९, असोज २०८२ २०:२९

प्रतिक्रिया