डोटीमा सरकारी मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

  आइतबार १९, असोज २०८२ १२:३१

डोटी । डोटीमा सरकारी मोटरसाइकल दुघर्टना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको केआईसिंह गाउँपालिका – ४ चन्केसैनबाट गाउँपालिकाको केन्द्र वायल आउँदै गरेको सु.प.प्र.०३००१ बा ००४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका हुन ।

घाईते हुनेमा मोटरसाईकल चालक २१ वर्षिय आशिष सिँजापती र पछाडी सवार २५ वर्षिय कृष्ण पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार चालक सिजाँपतीको अवस्था सामान्य रहेको र उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । तर पछाडी सवार पाण्डेयको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । पाण्डेलाई उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेको उक्त मोटरसाईकल केआईसिँह गाउँपालिका वडा नं। ४ को वडा कार्यालयको रहेको बुझिएको छ । विदाको समयमा सरकारी मोटरसाइकल कुन प्रयोजनका लागि किन चलाइएको हो भन्ने विषय खुलेको छैन । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

clock आइतबार १९, असोज २०८२ १२:३१

प्रतिक्रिया