बाजुराकी संगीता एक महिनादेखि भारतबाट सम्पर्कवीहिन

  आइतबार १९, असोज २०८२ ०७:१८

बाजुरा । भारतको दिल्लीबाट हराएकी बाजुराकी संगीता ल्वार अझै फेला पर्न सकेकी छैनन् । बाजुराको बडिमालिका नगरपालिका–५ मना घर भएकी १८ वर्षीया ल्वार भारतको दिल्लीबाट गत भदौ २० गतेबाट हराएकी थिइन् ।

उनी हराएको महिनौ वितिसक्दा पनि परिवारको सम्पर्कमा आउँन सकेकी छैनन् । लामो समयसम्म पनि उनी सम्पर्क नआउँदा उनका अभिभावकले मिडिया र सामाजिक सञ्जालमार्फत छोरीको खोजीका लागि आग्रह गरेका छन् ।

ल्वारले आफु हराए पछि घरतर्फ फोन वा अन्य माध्यमबाट कुनै सम्पर्क समेत गरेकी छैनन् । छोरीसँग अन्तिम पटक फोनमा कुरा भएको लामो समय भयो, त्यसपछि उनको कुनै सम्पर्क छैन् ल्वारका बुबाआमा गोरे ल्वार र सुन्तला ल्वारले बताए । अहिले छोरीको मोबाइल अफ छ ।

मोबाइल अफ भएको पनि लामो समय भयो तर छोरी कसैको सम्पर्कमा नरहेको उनका आमाबुबाले बताएका छन् । परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गरी खोजी कार्य अघि बढाइरहेका छन् ।

clock आइतबार १९, असोज २०८२ ०७:१८

प्रतिक्रिया