कञ्चनपुरमा पानीको खाडलमा डुबेर बालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा पानीको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका–१० तिल्केनीका शंकर गिरीका १२ वर्षीय छोरा अनमोल गिरीको पानीको खाडलमा डुबेर मृत्यु भएको हो ।
शनिबार घर नजिकै पानीको खाडलमा डुबेर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया