नवजीवन अस्पतालले दशैंको दिन धनगढीमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

  बिहिबार १६, असोज २०८२ ०७:०६

धनगढी । विजया दशमीको दिन धनगढीमा निःशुल्क बस सञ्चालन हुने भएको छ। धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले असोज १६ गते अर्थात् दशैंको मुख्य टीकाको दिन निःशुल्क बस सेवा प्रदान गर्ने भएको हो।

भोलि असोज १६ गते दशैंको दिन धनगढी एवं फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।

निस्शुल्क बस सेवा बिहान ९ बजे चौराहदेखि फूलबारीसम्मका लागि छुट्नेछ भने बिहान १० बजे फूलबारीदेखि चौराहसम्म, बिहान ११ बजे चौराहदेखि अत्तरियासम्म, बिहान १२ बजे अत्तरियादेखि धनगढी चौराहसम्म तथा दिउँसो १२:४५ बजे चौराहदेखि फूलबारीसम्मका लागि निःशुल्क बस सेवा चल्नेछ।

यसैगरी दिउँसो १:३० बजे फूलबारीदेखि चौराहसम्म, दिउँसो २:१५ बजेमा चौराहदेखि अत्तरियासम्मका लागि र अपराह्न ३ बजे अत्तरियादेखि धनगढीसम्मका लागि बस छुट्नेछ। निःशुल्क बस सेवाका लागि मोवाइल नम्बर ९८४८४५०४६६ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

clock बिहिबार १६, असोज २०८२ ०७:०६

प्रतिक्रिया