निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बलि

  बुधबार १५, असोज २०८२ ०६:५८

बैतडी । बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा ४ सय बढी पशुको बली दिइएको छ ।

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा मंगलबार लागेको जात्रामा २६० रागाँ र १ सय ५० बढी बोकाको बली दिइएको हो ।

निङ्गलाशैनी घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा शुरु भइ आज महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए ।

निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ ।

हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगेका थिए ।

clock बुधबार १५, असोज २०८२ ०६:५८

प्रतिक्रिया