कैलालीमा आगलागी हुँदा २ लाख ८० हजारको क्षती
धनगढी । कैलालीमा आगलागी हुँदा २ लाख ८० हजार बराबरको क्षती भएको छ । सोमबार राती भजनी नगरपालिका – ३ पडरीयाका ५० वर्षीय कलम चौधरीको घरमा आगलागी हुँदा उक्त क्षती भएको छ ।
दुई तले खरले छाएको काठले बनाएको कच्चि घरमा बिद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाडाबर्तन, काठ लगायतका सामान जलेर नष्ट भएका छन । आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया