बैतडीमा बसको ठक्करबाट जात्रा हेरेर घर फर्किदै गरेकी महिलाको मृत्यु

  बुधबार १५, असोज २०८२ ०६:४४

बैतडी । बैतडीमा बसको ठक्करबाट देहिमाण्डौ जात्रा हेरेर घर फर्किँदै गरेकी एक महिलाको मृत्यु भएको छ ।

दशरथ चन्द राजमार्ग अन्तर्गत जिल्लाको दशरथ चन्द नगरपालिका– १ गुरुखोला विद्यालय गेट नजिक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दीपक रायले बताए । 

उनले बस प्रहरीको नियन्त्रणमा रहेको बताए । घटनाको विरोधमा स्थानीयहरूले चक्काजाम गरेका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १५, असोज २०८२ ०६:४४

प्रतिक्रिया