दैजी जोगबुडा सडक जिप दुर्घटना अपडेट : एक बालिकाको मृत्यु, ८ घाइते
धनगढी । दैजी जोगबुडा सडक अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका – ३ सिउडीबागस्थित जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते हुनुभएको छ । दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको जिप मंगलबार दुर्घटना भएको थियो ।
दुर्घटनामा वेदकोट नगरपालिका वडा नम्बर ४ बस्ने तारा पालकी दुई वर्षीय छोरी युविका पालको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते हुनेमा वेदकोट ४ बस्ने ३० वर्षीय तारा पाल र ताराका १० वर्षीय छोरा प्रिन्स पाल, कृष्णपुर १ वाणी बस्ने ३३ वर्षीय धाना बोहरा र धानाका ४ वर्षीय छोरा कमल बोहरा, डडेल्धुराको परशुराम ४ का २८ वर्षीय नरेश सार्की, परशुराम ९ का ३५ वर्षीय देवेन्द्र धामी, २४ वर्षीय वीरेन्द्र कुँवर र वीरेन्द्रकी २१ वर्षीय श्रीमती मनीषा कुँवर रहेका छन् ।
घाइतेको महाकाली अस्पतालबाट थप उपचारका लागि धनगढीस्थित विभिन्न अस्पतालहरूमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
प्रतिक्रिया