डोटीमा पहिरोमा परेर एक बालिका बेपत्ता
डोटी । डोटीमा पहिरोमा परेर एक बालिका बेपत्ता भएकी छिन् ।
आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ हुणेखोलास्थित सिलगढी झिग्राना सडक खण्डमा पहिरो खस्दा आमासँगै पैदल हिँडिरहेकी बालिका भगवती विष्ट पहिरोमा च्यापिई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बेपत्ता हुने बालिका सायल गाउँपालिका वडा नं. ४ भाल्माकी २६ वर्षीया महेश्वरी विष्टकी छोरी हुन् । पहिरोमा परी महेश्वरी विष्ट, उनका छोरा ७ वर्षका सबिन विष्ट र ९ वर्षकी छोरी करिष्मा विष्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीकाले जानकारी दिएको छ ।
प्रतिक्रिया