कैलालीमा विद्युतीय पासोमा परेर पाँच गाई र एउटा चित्तलसहित मरे

  आइतबार १०, असार २०८० ०९:४९

धनगढी। कैलालीमा विद्युतीय धरापमा परेर एक चित्तलसहित पाँच वटा गाई मरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित दैद्धवारीमा विद्युतीय धरापमा एक चित्तल र पाँच गाई परेका हुन्।

डिभिजन वन कार्यालय, धनगढीका सूचना अधिकारी डबल बोहराका अनुसार शनिवार राति वनका कर्मचारीले मरेको चित्तल फेला पारेका हुन्।

नेपाल विद्युत प्राधिकरणको बिजुली लाइनबाट करेन्ट हुक गरेर जंगलमा सिकारीले पासो थापेका थिए। जंगली जनावरका लागि थापिएको पासोमा गाईसमेत परेका स्थानीयले बताएका छन।

clock आइतबार १०, असार २०८० ०९:४९

प्रतिक्रिया