कुटीमै साधुको हत्या भएको आशङ्का

  शुक्रबार १०, असोज २०८२ ०७:०३

धनगढी । कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैचाको कुटीमा बस्दै आएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई कुटीमा बस्दै आएका साधु डङ्गौराको बुधबार राति हत्या भएको आशङ्का गरिएको हो । 

साधुको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको जनाइएको छ । साधुको हत्या भएको भन्दै लक्ष्मीनारायण मन्दिरले प्रहरीमा जाहेरी दिएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।  

clock शुक्रबार १०, असोज २०८२ ०७:०३

प्रतिक्रिया