बाजुरामा भालुको आक्रमणबाट महिला गम्भीर

  बिहिबार ०९, असोज २०८२ ०९:४४

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । 

घाइते हुनेमा वडा नं ३ धनाल्तकी ४५ बर्षीया जौकला रावत छन् । उनलाई मेलगडेन भन्ने ठाउँमा भालुले आक्रमण गरेको थियो ।

रावत बजारबाट काक्रा बिक्री गरेर घर फर्किने क्रममा भालुले आक्रमण गरेको खप्तड छेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले जानकारी दिइन् ।

उनका अनुसार, रावतको पाखुरा, खुट्टा र टाउको र मुखमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि बयलपाटा अस्पताल अछाम लगिएको बताइएको छ । 

छेडेदहमा भालु आतंक बढ्दै गएको छ । यसअघि सोही गाउँपालिकाको वडा नं ३ धुर्तोलाका ३५ बर्षीय रणबहादुर रावत भालुको आक्रमणबाटै गम्भीर घाइते भएका थिए ।

clock बिहिबार ०९, असोज २०८२ ०९:४४

प्रतिक्रिया