मेरो परिचय
के तपाइलाई थाहा छ?सम्पुर्ण मानिसहरुले आफुले आफैलाइ गरिने एउटा मात्र प्रश्न ´म को हु?भनेर , के तपाइले आफुलाई, कहिले पनि सोध्नुभएको छ?आफुलाई म को हु भनेर?यदि सोध्नुभएको छ भने पनि त्यस प्रश्नको अहिले कुनै उत्तर पाउनु हुन्न।किनकी यस प्रश्नको उत्तर खोज्न कुनै अमुल्य चिज कि त पाउनु कि गुमाउनु पर्दो रहेछ। म पनि सोध्ने गर्थे आफुलाई ´म को हु?भनेर , तर त्यसको उत्तर कैले पनि पाउन सकिन। पछि कुनै एक दिन उत्तर पाए तर त्यो पाउन मैले अमुल्य चिज गुमाए या पाए छुट्ट्याउनै सकिन।
म एउटा दुर्गम ठाउमा, गरिब,दुखी अनि आर्थिक अवस्ता नाजुक भएको परिवारमा जन्म लिएको थिए।मेरो घरमा आमाबुबा, एउटा भाइ अनि म गरि चार जनाको सानो परिवार थियो। मेरो घरको आर्थिक अवस्था एकदमै नाजुक थियो, तैपनी आमाबुबाले प्रदेशमा मजदुरी काम गरेर भएपनी हामिलाई विद्यालय पठाएका थिए र कहिले पनि केहिको कमि हुदैनथे। मेरो भाइ सानै थियो अनि म अलि ठूलो र बुझ्ने भइसकेकाले मलाई नै भुढेसकालको साहारा अनि स्याहार-सुसार गर्ने र भाइ सहित पुरै घरको खम्बा सम्जन्थे। आमालाई सधै मेरै भविष्यको चिन्ता हुन्थ्यो, अनि सधै मलाइ भनिरहनुहुन्थे कि!"बाबू तिमी ज्ञानि भएर पढेर भबिस्यमा वकिल बन्नुपर्छ है "भनेर, अनि म आमालाई जवाफ दिन्थे कि "तेत्रो वकिल पढ्ने खर्च का बाट आउँछ आमा"भनेर। ,अनि आमा भन्नूहुन्थ्यो तिमी पढ्छु मात्र भन बाबू खर्च को लागि तिमिले केही चिन्ता मान्नु पर्दैन म प्रदेश गएर मजदुरी काम गर्छु केइ बिकल्प नभए आफु सङ्ग भएको गहना बेचेर भएपनि पढाउछु भन्थे। आमाको यो कुराले मन भक्कानियो तर आमाको आखाबाट आँसु झर्छ भनेर केही नबोली हुन्छ तेसोभए वकिल नै पढुला भने।
समय बित्दै गयो आमा बिरामी हुनुहुन्थ्यो।म कक्षा १२ मा पढ्दै थिए, उता घरबाट बुबा फरार भएको पनि चार-पाच महिना हुँदै थियो। +2 पढ्न र सङ्ग-सङ्गै पछि बिदेश गएर वकिल पढ्न को लागि जापानीज भाषा पढ्न भनि आमाले मलाई पढाइका निम्ति काठमाण्डौ पठाएका थिए।आमा मजदुरी काम गर्न र आफ्नो उपचार पनि गर्न भनेर प्रदेश लाग्नुभयो। आमा प्रदेश पुगेको एक-दुई महिना पनि नपुग्दै नेपालमा भ्रष्ट्चार,हत्या, हिंसा को अन्त्य गर्न र शान्तिपुर्ण भ्रष्टाचार मुक्त नयाँ नेपाल् सरकारको निर्माण गर्न भनेर ´हत्यारा सरकार चाहिदैन र भ्रस्टाचार गर्न पाइदैन`भन्ने नारा का साथ जेन.जि पुस्ता का युवा हरुको ठूलो आन्दोलन भयो। त्यस आन्दोलनमा जेन.जि युवा समूहमा म पनि पर्थे त्यसैले म पनि हाम्रो देशमा शान्ती र सुशासन ल्याउनुपर्छ भनेर सहभगी भएको थिए । आन्दोलन बढ्दै गयो त्यसपछि सरकारबाट प्रहरीलाई गोलि चलाउन आदेश दिएको रहेछ। त्यसपछी प्रहरीको गोलि कसैले निधार , छातिमा खाए, आमाबुबाको सपना धुलोमा मिलाइदिए, आमाको कोख रितो बनाइदिए ,एउटा निर्दोस जीवन साथिको खुशी लुटे।
त्यसरी नै मैले पनि त्यही दिन प्रहरिको हातको बन्दुकको गोलि खाएर बेहोस भएछु । त्यसपछी साथिहरुले अस्पतालमा भर्ना गरे तर पनि मेरो लागि यो संसार प्यारो बन्न सकेन।आमाको न्यानो काख गुमाए ,आमाका पढाइ-लेखाइ वकिल बनाउने सपना गुमाए, भाइको माया गुमाए, आउदै गरेको दसैं र तिहारको निधारको टीका र जमरा गुमाए, यो महान पर्वमा दिदीबहिनीको आशिर्वाद गुमाए,प्रेमिकाको साथ त गुमाए-गुमाए उसको जीवन पनि जिउदै लास जस्तै भयो त्यसपछी आयो मेरो परिचय देशको सहिद भनेर।
लेखक निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय धाप दार्चुलाकी विद्यार्थी हुन्।
प्रतिक्रिया