अछाममा वडा कार्यालय तोडफोड, सात जना पक्राउ

  मङ्गलबार ०७, असोज २०८२ १८:००

अछाम । अछामको मेल्लेख गाउँपालिकाको १ नम्बर वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् ।

सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए । 

वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भए पनि विवरण खुलाइएको छैन ।

पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको वडा अध्यक्ष धामीको भनाइ छ।

clock मङ्गलबार ०७, असोज २०८२ १८:००

प्रतिक्रिया