शिक्षामा नैतिकताको खडेरी

  आइतबार ०५, असोज २०८२ ११:०३

विश्व जगत‌लाई बुझने, अर्थाउने र जीवनलाई सोहि अनुरूप परिमार्जित गर्नुलाई  शिक्षा भनिन्छ । शिक्षाको परिभाषा सापेक्षिक रुपमा एउटै रहेको पाइदैन । शिक्षा जीवन, जगत लाई बुझ्ने एउटा साधन हो ।

शिक्षालाई सामान्यतया २ भागमा वर्गीकरण गरी परिभाषित गर्दछन् - औपचारिक शिक्षा र अनौपचारिक शिक्षा। शिक्षाले एउटा अबोध, अज्ञानीलाई एक महान कालिदास, एउटा शक्तिशाली राजकुमार जसलाई साधारण तर महान मार्गदर्शकको रुपमा बदलिदिन्छ । शिक्षा जीवन प्रयन्त चलिरहन्छ। यो सिक्ने सि‌काउने गतिविधि विश्वयापी चलिरहने फरक फरक गति र विधिमा दिने गरिन्छ  । हरेक सफलताको आधार स्तमभ नै  शिक्षा हो । अब प्रश्न आउला, शिक्षा त्यस्तो साधन हो भने सबै जनाले किन सफलता प्राप्त गर्न सकेका छैनन्। यस प्रश्नको उत्तर खोज्दै जादा अन्तिममा  एउटै कुरा आउँछ। नैतिक शैक्षा हो, नैतिक शिक्षानै जीवनको सार हो, सफलताको साधन हो र सन्तुष्टीमय जीवनको जड हो जसको महत्व, आवश्यकता, सन्दर्भमा संग जोडिएको हुन्छ  ।

प्रविधि र सूचनाले अहिलेको समाजमा ठूलो कायापलट गरेको छ  । प्रविधिको प्रयोगले असम्भव मानिएका र भनिएका सबै सम्भव बनाएको छ। समाज, राजनिती, विश्व परिवेशलाई विश्वव्यापी गाउँमा परिणत गरेको छ तर चेतनाको स्तरमा भने निराशाजनक स्थिति रहेको हो  ।

पछिल्लो समयमा हाम्रो शिक्षा प्रणाली औपचारिक र अनौपचारिक  भएता पनि यसमा नैतिकताको सुगन्ध हराउदै गएका छन्। फलस्वरूप समाजमा देखिएको विकृति र विसंगती लाई लिए सक्छ। ज्ञान, शिक्षालाई एउटा अङ्क र अक्षरमा मापन ग गर्नाले यसको खडेरी झन बढ्दै गएको छ।

समानता, निष्पक्षता, दया, माया, समवेदना, विश्वास आदि सबै मानवीय व्यवहारबाट हराउदै गएको देखिन्छ। मानिसमा लोभ, लालच, घृणा, क्रोध, बदला, रिस, राग, अमानवीयता जस्ता कुराहरु बढ्दै गएको देखिनाले कसरी हाम्रो शिक्षामा नैतिक शिक्षाको खडेरी दिनप्रति दिन बढ्दै गएको  कुरा पुष्टि हुन जान्छ।

अज्ञानरूप जीवनलाई एउटा सभ्य, न्यायपूर्ण समृद्ध र प्रगतिशील बनाउनको लागि नैतिक शिक्षा अनुपम आधारशिला हो। शिक्षा केवल कोरा कागजमा लेखिने अक्षर नभई, ज्ञान, सीप, इमानदारीता सहानुभूति, जिम्मेवार, आपसी सम्मान जस्ता मानवसँग जोडिएको मूल्यहरूको विकास गर्नु पनि हो। तर वर्तमान नेपाली परिवेशमा शिक्षाको वास्तविक मौलिक उद्देश्य कमजोर बन्दै गएको सर्ववितिदै छ। 

शिक्षामा केवल कागजी रूपमा अक्षर, अङ र प्रतिशत साथै पेशागत उपलब्धिलाई मात्र महत्व दिउँदै जाँदा शिक्षामा नैतिकताको खडेरी स्पष्ट देखिन्छ । यस्तो अवस्थामा आगामी दिनहरुमा समेत दिर्घकालिन असर मानवीय समाजको लागि घातक सिद्ध‌ ‌हुन सक्दछ । शिक्षालाई भौतिक उपलब्धी संग तुलना गर्नु भनेको  मानव समाजमा यसको नैतिक पतन शुरुवात भएको हो ।

विगत दशक देखि हेर्दै जादा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। औपचारिक शिक्षालाई सामुदायिक, देखि संस्थागत विद्यालय वा भनौ कलेजस्तर सम्म संख्यामा तीव्र  रुपमा बढेको पाइन्छ । जुन एक सराहनीय भएता पनि यससँगै केहि नकारात्मक पक्ष पनि देखा परेका छन् । विद्यार्थीको उपलब्धिलाई अङ्‌क र प्रतिशतमा मात्र सिमित राखेर प्रस्तिप्रधाको बजारमा होडबाजी गर्नु हाम्रो नैतिक संस्कृति र संस्कार  पतन हुँदै गएको प्रष्ट हुन्छ । त्यसैले मानव जनशक्ति मानव नरहेर रोबर्ट जस्तै बन्ने तर्फ लागी रहेको देखिन्छ जुन सम्पूर्ण मानवको लागि घातक हुन सक्दछ ।

शिक्षालाई चार घेराभित्र सिमित गएर नक्कल, चोरी, बेइमान जस्ता नैतिक पतन गराउने खालका कुरालाई बाध्य गराउनु कतै हामी सबै अनैतिकताको बाटो तर्फ लागेको त होइन रु यो गम्भिर विषय हो विद्यालय तहमा नैतिक शिक्षा र मूल्यहरू लाई स्थान नदिँदा हामीले एकपछि अर्को अमानवीय घटना घट्नु यसको नकारात्मक परिणाम हो ।

शिक्षक जसलाई भगवान‌को दर्जामा राखेर प्सम्मान गरिन्थ्‌यो, पूजा गरिन्थ्यो आज उहाँहरु स्वयम् नैतिकताको चुनौतीमा पर्नुले हाम्रो शिक्षा  संकटमा परेको छ। शिक्षा जस्तो पवित्र क्षेत्रलाई व्यापारीकरण गर्ने, निजी ट्युशन कक्षा, राजनीतिकरण गर्ने, राजनीतिक हस्तक्षेप भागबण्डा लगायत भ्रष्ट्रचार जस्ता अभ्यासतर्फ अघि बढिरहेका छन् । 

शिक्षा जस्तो पवित्र मन्दिरमा नैतिकताविहिनको बाहुल्यता बढ्नु एक  नकारात्मक - घटनाको संकेत हो ।  हाम्रो शिक्षालयहरू जेल घरजस्तै बन्दै गएका छन्। बच्चाले के सिक्यो रु के परिवर्तन आयो, के योगदान गर्न वा गर्नेछ विषयतर्फ जोड दिनु भन्दा कति प्रतिशत प्राप्त गर्यो, कुन संस्थाबाट पास भयो भन्ने कुराले प्रभाव पारेको देखिन्छ । जसले गर्दा सामाजिकीकरण मा ठूलो असर पर्ने हो ।

विश्वव्यापी रुपमा आएको परिवर्तन संग संगै हाम्रा बाबुनानीहरुमा पनि बढी अवसरबादी र विलासी जीवनशैलीले पनि अनैतिक र महत्ताकांक्षी गतिविधिमा संलग्नमा हुँदै गएको तितो यथार्थ समाजले भोग्दा आएको देखिन्। जसले अनैतिकता, असमानता, भ्रष्ट्रचार, हिंसा, अहंकार जस्ता गतिविधिले मानवलाई पतनको बाटो तर्फ लगिएको देखिन्छ । त्यतिमात्र नभएर आधुनिकताको नाममा आफ्नै संस्कृति, रीतिरिवाज, संस्कार, मूल्यमान्यता माथि ठाडो प्रहार गरी अझ नैतिकता बिर्साएको छ  ।

असभ्य भाषा, अहंकार, घमण्ड, क्रोध, लोभ, अवसरबादी आदि सबै नैतिकताको अभावमा देखा परेका मानवहरूका अवगुणहरु हुन।

 त्यसोभए, समाधान के हो त रु  यसको समाधानको लागि एकल व्यक्ति, परिवार, समाज, समुदाय, राजनैतिक दल, सघसंस्था सबैको हातेमाले गराउन अनिवार्य हुन्छ। यसको शुरुवात अभिभावक बाट अनुशासन, करुणा, जस्ता गुण दिनसक्नु पर्दछ। यस्तै गरी परिवार, समाज र विद्यालयले शैक्षिक ज्ञान सँगै नैतिक निर्णय क्षमता, भावनात्मक बुद्धिमता, सामाजिक उत्तरदायित्व, परिश्रम जस्ता गुणहरू जुन हरेक व्यक्तिको सफलता, सम्पन्नता र सकारात्मक जीवन संग जोडिनु नै यो खडेरीलाई कम गर्न सक्दछ। 

clock आइतबार ०५, असोज २०८२ ११:०३

प्रतिक्रिया