तोडफोड गरिएको गेटा प्रहरी बिट स्थानियद्वारा पुनर्स्थापना
धनगढी । गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुगेको गेटा प्रहरी बिट स्थानीयको पहलमा पुनःस्थापना गरिएको छ। गेटा युवा क्लवले स्थानीयवासीको सहयोगमा प्रहरी बिट पुनःनिर्माण गरेको हो। स्थानीय हेमराज खत्री ढुंगानाका अनुसार प्रहरीलाई ड्युटी गर्न सहज होस् भन्ने उद्देश्यसहित स्थानीय टोली खटिएर पुनःस्थापना कार्य सम्पन्न गरिएको हो।
शुक्रबार आयोजित एक कार्यक्रममा लक्ष्मी कत्था उद्योग गेटाका महाप्रबन्धक रोशन कर्णले नयाँ बिटको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले नागरिक सुरक्षाका लागि खटिने प्रहरीलाई सहज बनाउने थयगतजक को पहल सराहनीय रहेको उल्लेख गरे।
गेटा युवा क्लवका अध्यक्ष हरिस भण्डारीका अनुसार करिब ६५ हजार रुपैयाँ खर्चमा बिट पुनःनिर्माण गरिएको हो। यस अभियानमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए। नवस्थापित प्रहरी बिटमा टेबल र पंखा समेत उपलब्ध गराइएको क्लवले जनाएको छ। बिट पुनःस्थापना भएपछि प्रहरीलाई ड्युटी गर्न सहज भएको स्थानीयवासीले बताएका छन्।
प्रतिक्रिया