सामुदायीक बनले गरे कृष्णपुर नगरपालिकालाई फर्निचर सहयोग

  मङ्गलबार ३१, भदौ २०८२ १५:२९

धनगढी । कन्चनपुरको कृष्णपुर नगरपालिकालाई सेवा सञ्चालनका लागि अत्यावस्यक सामाग्रीहरु सहयोग गरिएको छ ।

कृष्णपुर नगरपालिकामा पर्ने जानकी सामुदायिक वन र वनदेवी सामुदायिक वनले नगरपालिकालाई फर्निचर सहयोग गरेका हुन ।

जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकास भट्टले कृष्णपुर नगरपालिकालाई तत्काल सेवा सञ्चालनक लागि आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरिएको बताए ।

उनका अनुसार नगरपालिकालाई दुई दुई थान कुर्ची र एकएक थान टेबल  सहयोग गरिएको हो ।

जेन जी को आन्दोलनका क्रममा कृष्णपुर नगरपालिकामा आगजनी एवम् तोडफोड गरिएको थियो । जसका कारण नगरपालिको कामकारबाही थप्प बनेको थियो ।

आगजनी र तोडफोडका कारण प्रशासन कार्यालयबाट नागरिकले पाउनुपर्ने सेवासुविधा समेत पाउने अवस्था नरहदा आफूहरुले सहयोग गरेको अध्यक्ष भको भनाई छ ।

clock मङ्गलबार ३१, भदौ २०८२ १५:२९

प्रतिक्रिया