चेम्बरद्धारा गोदावरी नगरपालिकालाई  कम्प्युटर सहयोग

  मङ्गलबार ३१, भदौ २०८२ १४:४९

धनगढी । कैलालीको गोदावरी नगरपालिकालाई सेवा सञ्चालनका लागि अत्यावस्यक सामाग्रीहरु सहयोग गरिएको छ ।

मंगलबार चेम्बर अफ कमर्स कैलाली र चेम्बर सुदूरपश्चिमका प्रतिनिधिहरुले गोदावरी नगरपालिकालाई सामाग्रीहरु सहयोग गरेका हुन ।

चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारीका अनुसार नगारपालिलाई एक थान कम्प्युटर सेट सहयोग गरिएको हो ।

जेन जी को आन्दोलनका क्रममा गोदावरी नगरपालिकमा आगजनी एवम् तोडफोड गरिएको थियो । जसका कारण पालिकाको कामकारबाही थप्प बनेको थियो ।

आगजनी र तोडफोडका कारण नगरपालिकाबाट नागरिकले पाउनुपर्ने सेवासुविधा समेत पाउने अवस्था नरहदा आफूहरुले सहयोग गरेको अध्यक्ष अधिकारीको भनाई छ ।

clock मङ्गलबार ३१, भदौ २०८२ १४:४९

प्रतिक्रिया