चेम्बरद्धारा जिल्ला प्रशासन कार्यालय कैलालीलाई सहयोग
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीलाई सेवा सञ्चालनका लागि अत्यावस्यक सामाग्रीहरु सहयोग गरिएको छ ।
सोमबार धनगढी चेम्बरको नेतृत्वमा चेम्बर अफ कमर्स कैलाली र चेम्बर सुदूरपश्चिमका प्रतिनिधिहरुले प्रशासन कार्यालयलाई विभिन्न सामाग्रीहरु सहयोग गरेका हुन ।
चेम्बर अफ कमर्स कैलालीका अध्यक्ष प्रमोद अधिकारीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई तत्काल सेवा सञ्चालनक लागि आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरिएको बताए ।
उनका अनुसार प्रशासन कार्यालयलाई एक थान कम्प्युटर सेट, एक थान टेबल, एक थान कुर्चि, र मल्टी कलर प्रिन्टर एक थान सहयोग गरिएको हो ।
जेन जी को आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयमा आगजनी एवम् तोडफोड गरिएको थियो । जसका कारण प्रशासनको कामकारबाही थप्प बनेको थियो ।
आगजनी र तोडफोडका कारण प्रशासन कार्यालयबाट नागरिकले पाउनुपर्ने सेवासुविधा समेत पाउने अवस्था नरहदा आफूहरुले सहयोग गरेको अध्यक्ष अधिकारीको भनाई छ ।
प्रतिक्रिया