आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने

  सोमबार ३०, भदौ २०८२ १२:४५

धनगढी । जेन–जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि आलोक मल्टी कन्सर्न प्रालि धनगढीले सहयोग गर्नेभएको छ।

कम्पनीले भनेको छ, यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ ।

यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो।

आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तर बढाइने जनाएको छ।

clock सोमबार ३०, भदौ २०८२ १२:४५

प्रतिक्रिया