सुदूरपश्चिममा आजदेखि सुपथ मूल्यका पसल सञ्चालन गरिँदै

  सोमबार ३०, भदौ २०८२ ०७:४३

धनगढी । सुदूरपश्चिममा आजदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २८ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धनगढी, डडेलधुराको खलङ्गा बजार, महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर, बाजुराको मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र पुरचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद–बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन गरिने सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले बताए ।

यस्तै दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी, अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साँफेबगर र कमल बजार खरिद–बिक्री केन्द्रबाट सञ्चालन हुने जनाइएको छ।

यसैबिच साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सुदूरपश्चिम कार्यालय प्रमुख तेजबहादुर कुँवरले डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्य पसल सञ्चालन गरिने बताए ।

clock सोमबार ३०, भदौ २०८२ ०७:४३

प्रतिक्रिया