पुनर्निर्माणकाका एक लाख दिने मेडिकल व्यवसायी धामीको घोषणा
कैलाली । जेन जी आन्दोलनको क्रममा देशका विभिन्न स्थान हरुमा क्षतिग्रस्त भएका भौतिक संरचनाहरुको पुनर्निमाणकालागी सुदुरपश्चिमका युवा व्यवसायीले १ लाख नगद प्रदान गर्ने घोषणा गरेका छन् ।
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ स्थायी ठेगाना भई हाल धनगढीमा मेडिकल व्यवसाय संञ्चालन गरिरहेका हरि धामीले जेन जी आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि एक लाख रुपैया प्रदान गर्ने घोषणा गरेका हुन्।
सफल युवा व्यवसायीको रुपमा चिनिने हरि धामीले पछिल्लो आन्दोलन देशका लागी भए पनि आन्दोलनको क्रममा भएको क्षति बाट देश लाई उकास्न सबै पक्षको उत्तिकै भुमिका हुनुृपर्ने भन्दै सहयोग सहयोग घोषणा गरेका हुन ।
सुदुरपश्च्मिको व्यवसायीक शहर धनगढीमा विगत लामो समय देखी मेडिकल व्यवसाय संञ्चालन गर्दै आईरहेका धामीले भर्खर मात्र धनगढीमा रुद्राक्ष डायाग्नोस्टिक एण्ड रिसर्च सेन्टर संञ्चालनमा ल्याएका छन् भने उनी लगायत केही युवा व्यवसायीहरुको साझेदारीमा डडेल्धुरा सदरमुकाममा टिम अस्पताल संञ्चालन गर्ने तयारीमा रहेका छन् ।
धनगढीमा उनले संञ्चालन गरिरहेको रुद्राक्ष डायाग्नोस्टिक एण्ड रिसर्च सेन्टर मार्फत न्यूनतम र सरकारी दररेटमा ल्याव्रोटरी सेवा उपलब्ध गराईरहेका छन् ।
प्रतिक्रिया