गौरीफन्टा नाकामा बेहोस भेटिएका नेपालीको मृत्यु

  आइतबार २९, भदौ २०८२ ११:२१

धनगढी । गौरीफन्टा नाका नजिक भारतीय जंगलमा बेहोस भेटिएका नेपाली युवाको मृत्यु भएको छ । शनिबार बिहान नाकामा बेहोस भेटिएका लम्कीचुहा नगरपालिका– ६ का भीमबहादुर देउवाको मृत्यु भएको हो । 

बेहोस भेटिएको झण्डै दुई घण्टापछि ती युवालाई सेती अस्पताल पुगाइएको थियो । अस्पतालममा चिकित्सकले देउवालाई मृत घोषणा गरेका हुन् । 

जंगलमा नेपालीहरुले नै देउवालाई बेहोस भेटेपछि भारतीय सुरक्षाकर्मीलाई बोलाएर नेपाली सीमासम्म ल्याएका थिए ।

कैलाली र कञ्चनपुरका प्रहरीले एकअर्काको जिम्मेवारी भएको भन्दै उद्दार गर्न नमानेपछि दुई घण्टासम्म बेहोस युवालाई त्यतै राखिएको थियो ।

भारतीय भन्सारमा कार्यरत नेपालीकै सहयोगमा बेहोस भेटिएको दुई घण्टापछि उनलाई सेती अस्पताल पुगाइएको छ ।

clock आइतबार २९, भदौ २०८२ ११:२१

प्रतिक्रिया