कैदीलाई आत्मसमर्पण गर्न कैलाली प्रहरीको सार्वजनिक अपिल

  आइतबार २९, भदौ २०८२ ०६:३९

धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीले फरार कैदी तथा थुनुवाहरूलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ।

कैलाली कारागारबाट फरार भएका कैदी तथा थुनुवाहरूलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको हो। भदौ २४ गते कारागार परिसरबाट फरार भएका बन्दीहरूलाई कारागार प्रशासनले भाद्र २६ गते नै सूचना जारी गरिसकेको उल्लेख गर्दै प्रहरीले आज पुनः सार्वजनिक अपिल जारी गरेको छ।

प्रहरीले फरार अवस्थाको निरन्तरता रहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने र भविष्यमा पाउन सकिने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा प्रतिकूल असर पर्न सक्ने भएकाले तुरुन्तै सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रहरी नायब उपरीक्षक एवम् कार्यालयका प्रवक्ता राजकुमार सिंहले सम्पर्कमा आउने बन्दीहरूको हकहितको रक्षा गर्दै पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

clock आइतबार २९, भदौ २०८२ ०६:३९

प्रतिक्रिया