भारतबाट धनगढीमा हतियारधारी घुसेको सूचनाले सुरक्षा संयन्त्रमा खैलाबैला

  शुक्रबार २७, भदौ २०८२ ०७:४८

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा हतियारधारी पसेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।  धनगढीस्थित फुलबारी क्षेत्रमा बिहीबार दिउँसो १०/१५ जना हतियारधारी व्यक्ति देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

स्थानीयका अनुसार ती हतियारधारी फुलबारीको बी गाउँ पछाडिको जंगलमा देखिएका थिए । स्थानीयको जानकारीपछि खोजीका लागि टोली पठाइएको कैलाली प्रहरीका प्रमुख एसपी नरेन्द्र चन्दले बताए ।

''सूचनापछि टोली पठाएका थियौँ, खोज्दा कोही भेटिएनन्, सूचना भेरिफाइ गर्दै छौँ,'' एसपी चन्दले भने ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरेको छ । जेनजी आन्दोलनको फाइदा उठाएर कैलालीको जेलबाट छ सय बढी कैदीबन्दीसमेत फरार भएका थिए ।

clock शुक्रबार २७, भदौ २०८२ ०७:४८

प्रतिक्रिया