डोटीमा सडेको अवस्थामा एक पुरुषको शव फेला
डोटी । डोटीमा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पाकरीको सिसा मौरा भन्ने आर्यघाट नजिकै ढुङ्गाको बीचमा शव फेला परेको स्थानीय बासिन्दा एवं शिक्षक विजय बिष्टले नजर अनलाइनलाई जानकारी दिएका छन् ।
गाउँका एक स्थानीयको मलामी गएको बेला गन्ध आएपछि हेर्दै जादा उक्त शव भेटिएको बिष्टले बताए । शवको पहिचान हुन नसके पनि प्रकृति हेर्दा कपाल फुलेको हुँदा अनुमानित ६० वर्षमाथी उमेरको हुनसक्ने उनले बताए ।
यसबारे प्रहरीलाई अहिलेसम्म जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले बताए ।
प्रतिक्रिया