धनगढी उपमहानगरले आन्दोलनमा घाइते भएका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने

  मङ्गलबार २४, भदौ २०८२ १६:२५

धनगढी । धनगढी उपमहानगरपालिकाले जेन्जी आन्दोलनको क्रममा घाइते भएका नागरिकको उपचार गर्ने भएको छ।

उपमहानगरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको आन्दोलनमा घाइते भएका धनगढीका स्थानीयको निस्शुल्क उपचार गर्ने जनाएको छ।

नगर प्रमुख गोपाल हमालले धनगढीका नागरिकको उपचार गर्ने दायित्व स्थानीय सरकारको भएको भन्दै आन्दोलनमा घाइते भएका नगरवासीको उपचार गरिने घोषणा गरेका छन्।

clock मङ्गलबार २४, भदौ २०८२ १६:२५

प्रतिक्रिया