टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षमा खड्का बिजयी

  आइतबार २२, भदौ २०८२ १५:५७

टीकापुर । कैलालीको टीकापुरमा रहेको टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षमा सन्तोष खड्का बिजयी भएका छन् । आईतवार सम्पन्न भएको निर्वाचनमा प्रतिष्पर्धी कृष्ण प्रसाद उपाध्याय बजगाईलाई ११३ मतले पराजित गर्दै खड्का अध्यक्षमा विजयी भएका हुन ।

खड्काले ६२७ मत ल्याउदा उनका प्रतिस्पर्धी बजगाईले ५१४ मत पाए । यस्तै उद्योग तर्फको उपाध्यक्ष दिपेन्द्र रावलले ५४० मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी तपेन्द्र कुवरले ५२३ मत पाए ।

यस्तै वाणिज्य तर्फको उपाध्यक्ष अर्जुन भट्टराईले ५४५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी लोकेश साउँदले ५३६ मत पाए । महासचिवमा प्रकाश तिमिल्सिना विजयी भए । उनले ५६१ मत ल्याई बिजयी हुदा उनका प्रतिस्पर्धी पृथ्वी राज ढुंगानाले ५५१ मत पाए ।

सचिवमा प्रकाश शाह ५५४ मतका साथ बिजयी भए । उनका प्रतिष्पर्धी हिक्मत रावलले ५१५ मत पाए । संघको कोषाध्यक्षमा टीका शाही ५६७ मत पाएर निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी टेक बहादुर सोडारीले ५३५ मत पाए ।

clock आइतबार २२, भदौ २०८२ १५:५७

प्रतिक्रिया