अत्तरियामा रहेको अनुश्री फार्मेसीमा आगलागी

  बिहिबार १९, भदौ २०८२ ११:०२

अत्तरिया । कैलालिको अत्तरियास्थित एक फार्मेसी पसलमा आगलागी भएको छ । अत्तरियाको आदर्श गल्लिमा लक्ष्मी खनालको ३ तले पक्की घरको भुइतलामा रहेको फार्मेसी पसलमा आगलागी भएको हो ।

कंचनपुरको भीमदत्त नगरपालिका – २ बस्ने कविराम तिवारीले संञ्चालन गरेको अनुश्री फर्मेसीमाको गोदाममा आगलागी भएको प्रहरीले बताए । बिहिवार बिहान अन्दाजी ३ बजेर २५ मिनेटमा फार्मेसिको गोदाममा अकस्मात आगलागि भएको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताए ।

आगलागीबाट गोदाम भित्रका सबै औषधिहरु जलेर नष्ट भएको उनले बताए । रातिको समय गोदाम बन्द भएकाले मानविय क्षती नभएको तर आगलागी बाट करिब ५० देखि ५५ लाख बराबरको क्षती भएको उनले बताए ।

राती प्रहरी, दमकल, स्थानिय लगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको उनको भनाइ । आगलागिको कारण भने खुल्न सकेको छैन । प्रहरिले प्रारम्भिक अनुसन्धान अनुसार विधुत सर्ट भइ आगलागी भएको हुन सक्ने जनाएको छ ।

clock बिहिबार १९, भदौ २०८२ ११:०२

प्रतिक्रिया