गोदावरीमा सडक निर्माणका लागि दवाव दिन सडकमै वडा कार्यालय सञ्चालन गरिने
अत्तरिया । कैलालीको चौकीडाँडा फल्टुडे सडक निर्माणका लागि दवाव दिन सडकमै वडा कार्यालय सञ्चालन गरिने भएको छ । गोदावरी नगरपालिका– ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय सञ्चालन गर्ने भएका हुन । ४ वटै वडाका वडाध्यक्षहरुले बुधबार पत्रकार सम्मेलन गर्दै बिहिबारदेखी वडाका कामकारबाहीहरु सडकबाटै सञ्चालन गर्ने बताएका छन । उनिहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिने बताए ।
गोदावरी– १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माणको काम दुई वटा ठेकेदारको लापरबाहीले गर्दा अलपत्र अवस्थामा रहेको बताए । उनले थेगिङ र तेडी निर्माण सेवाले सम्झौताअनुसारको काम नगर्दा सडकको अवस्था लथालिङ्ग बनेको बताए । उनले ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेपछि वडाबाटै दवाव दिने उद्देश्यले सडकमै वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘ठेकेदारको लापरबाहीले गर्दा सडक अहिले अलपत्र अवस्थामा छ, सडकको कुनै प्रगती भएको छैन’ उनले भने ‘सडकमा खाल्डा खुल्डीले गर्दा स्थानियहरुलाई आवतजावतमा समस्या भैरहेको छ, त्यसैले सडक निर्माणको लागि दबाव स्वरुप हामीले भोली ९बिहिबार० देखी सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ ।’ उनका अनुसार सो क्षेत्रमा रहेका वडा नं। ३, १०, ११ र १२ ले संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडा कार्यालय स्थापना गर्नेछन् ।
वडाध्यक्ष खड्काले सडक निर्माणमा भैरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटकपटक पहलकदमी गरेपनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनुपरेको बताए । ‘सडक निर्माणका लागि त्यो क्षेत्रका ४ जना वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा २ पटक ध्यानाकर्षण गर्रासकेका छौ, मुख्यमन्त्रीलाई पनि ध्यानाकर्षण गराईसकेका छौ, सम्बन्धीत निकायमा गएर पटक पटक सम्झौता गर्ने र छलफल गर्ने काम पनि भैसकेको छ’ उनले भने ‘सम्बन्धीत ठेकेदारसँग पनि बसेर पटक पटक निर्माणको सम्झौता गर्दा पनि बिचमा आएर काम गरेजस्तो गर्ने र फेरी भाग्ने गरेका कारणले हामीले यस्तो निर्णय लिएका हौ ।’ उनले सडक निर्माणको आन्दोलन त्यतिमै मात्र सिमित नहुने बताए । उनले त्यसपश्चात पुर्वाधार विकास कार्यालय घेर्ने तथा अन्य आन्दोलनका कार्यक्रमहरु गरिने बताए । सडक निर्माण गर्ने प्रतिबद्धता सडकबाटै ठेकेदारले नगरेसम्म र सडक निर्माणको काम नसकिएसम्म आन्दोलन जारी रहने उनको भनाई छ ।
वडा नं। ३ का वडाध्यक्ष तेजराज अवस्थीले सडक निर्माणका लागि पटक पटक सबै ठाउँमा धाउदा पनि पार नलागेपछि बाध्य भएर सडक निर्माणका लागि सडकमा आउनुपरेको बताए । उनले ठेकेदारलाई ताकेता गर्दा बिचमा एक पटक आएजस्तो गर्ने र फेरी भाग्ने गरेको बताए । सडक निर्माण नहुदा स्थानियहरुले धेरै समस्या झेल्नुपरेको बताउदै उनले आगामी दिनमा ठेकेदारले काम गर्छु भनेर उम्कन नपाउने बताए । उनले बाटोका कारण स्थानियहरुले रोजगारीका कार्य समेत गर्न सक्ने अवस्था नरहेको बताए । वडाध्यक्ष अवस्थीले सम्झौता गरेर काम नगर्ने ठेकेदारलाई म्याद थप्नुको साटो कारबाही गरिनुपर्ने बताए । सडक निर्माणका लागि स्थानियहरुलाई केही समस्या भएपनि आफूहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया