बझाङको दौलिगाडामा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

  बुधबार १८, भदौ २०८२ ०६:४४

बझाङ । बझाङको दौलिगाडामा गयराति जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  बझाङको सुर्मा गाउँपालिका–३ बाट सुर्मातर्फ जाने बाटोको दौलिगाडामा अवरुद्ध भएको सडक खोल्न जानेक्रममा राति ८ बजे जेसिबी पल्टिँदा कैलाली रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको सुर्मा गाउँपालिका वडा नम्बर –१ वडाध्यक्ष दिनेश बोहराले बताए। 

उनका अनुसार चालक नेगीको जेसिबीले च्यापिएर मृत्यु भएको हो । दुर्घटनामा परेका वडा नं. ३ काँटै निवासी रबी बोहराले हाम फालेर बच्न सफल भएका छन्। यस्तै सोही जेसीबिमा सवार वडा नं. ५ का धर्मराज जेठारा पनि सकुशल रहेका छन्। 

clock बुधबार १८, भदौ २०८२ ०६:४४

प्रतिक्रिया