दार्चुलामा अटो दुर्घटनापछि बेपत्ता भएका दुई जना मृत फेला, एक अझै बेपत्ता

  मङ्गलबार १७, भदौ २०८२ ११:०२

दार्चुला । दार्चुलामा भएको अटो दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । अटो आफै अनियन्त्रित भएर सडकबाट नौगाड खोलमा खसेपछि बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश दाहालका अनुसार, नौगाड गाउँपालिका–६ डाडा बस्ने १७ वर्षीया भागा धामी र उनकी १२ वर्षीया भतिजी आरुषा धामीको शव फेला परेको हो ।

‘आरुषाको घटनास्थलबाट अन्दाजी सात सय मिटर पश्चिमतर्फ र भागाको घटनास्थलबाट अन्दाजी ८ किलोमिटर पश्विमतर्फ खोलाको किनारमा शव फेला परेको हो’, डीएसपी दाहालले भने ।

उनका अनुसार मृतक भागाकी ४७ वर्षीया सासु चाखुरीदेवी धामी बेपत्ता छिन् । उनको खोजतलास भइरहेको डीएसपी दाहालले बताए ।

नौगाड– ६ कै १६ वर्षीय आयुष भुल दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ भने सोही ठाउँका ३६ वर्षीय अटो चालक मनिराम भुललाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार नौगाड गाउँपालिका– ५ सौकेबगर नजिक गोकुलेश्वर–होपरी भित्री सडक खण्डमा होपरीगाडबाट मसिने बगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो आफैँ अनियन्त्रीत भएर दुर्घटना भएको थियो । दुर्घटनामा परेको अटो सडकबाट झण्डै ५० फिट तल रहेको नौगाड खोलामा खसेको थियो ।

clock मङ्गलबार १७, भदौ २०८२ ११:०२

प्रतिक्रिया