कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि ओझा नेतृत्वको प्यालन घोषणा, यस्ताे छ घाेषणापत्र

  सोमबार १६, भदौ २०८२ १८:५०

धनगढी । २८ भदौमा हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि पुष्करराज ओझा नेतृत्वको प्यालन घोषणा गरिएको छ । सोमबार धनगढीमा आयोजित कार्यक्रममा प्यानल घोषणासंगै घोषणापत्र सार्वजनिक गरिएको हो ।

 

अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका ओझाले २८ गते भइरहेको चुनावी अधिवेशनमा आफू अध्यक्षको उम्मेदवार रहेको घोषणा गरे । यस्तै ओझा प्यानलबाट ओमबहादुर बिष्ट वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अबु) र एसोसियट्स उपाध्यक्षमा मनोज अग्रवाल उम्मेदवार रहेका छन् ।

 

महासचिवमा दिनेश लम्साल, सचिवमा कृष्णाकुमारी बिष्ट र कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायतले ओझा प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् ।

 

यस्तै, सदस्यमा बमबहादुर कुँवर, धुव्रराज दाहाल, रेखा बास्तोला, पदमबिक्रम सिंह, अजय पाण्डेय, टेकबहादुर खड्का, तर्कराज भट्ट, सुरजबहादुर रैका, प्रजापति जोशी, कमला भट्टराई, अनुप भण्डारी, बिन्दु सुनार र सुरेश सापकोटा उम्मेदवार छन् ।

 

clock सोमबार १६, भदौ २०८२ १८:५०

प्रतिक्रिया