डडेल्धुरामा केआई सिंह राजमार्ग अवरुद्ध
धनगढी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा केआई सिंह राजमार्ग अवरुद्ध भएको छ ।
गन्यापधुरा गाउँपालिका–२, रडुवामा सडक अवरुद्ध हुदाँ डडेल्धुराबाट दिपायल बाजुरा अछाम जोड्ने केआई सिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
सोमबार (भदौ १६) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खसेको हो । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन्।
सडकमाथिबाट ढुंगामाटो सहितको पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरीयाका प्रबक्ता डिएसपी टेक बहादुर जोराले जानकारी दीए ।
प्रतिक्रिया