बाजुरा कारागारमा क्षमताभन्दा बढी कैदी
बाजुरा । बाजुराको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ।निर्माण भएको झण्डै ४५ वर्ष वर्षपुग्दासम्म विस्तार हुन नसकेको कारागारमा कैदी भने बढ्दै गएका छन् ।
कैदीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा सकस भएको कर्मचारीको भनाइ छ। बाजुरा कारागारको क्षमता जम्मा २५ जनाको भए पनि अहिले ६५ जना कैदी बन्दी राखिएको बाजुरा कारागारका प्रशासक अनिलकुमार तिवारीले बताए ।
उनले भने, “राख्नुपर्ने २५ जना हो तर ६५ जना कैदी राख्दा उनीहरुलाई सुत्न र बस्न निकै समस्या भएको छ ।’ कैदी बन्दीलाई मात्र नभएर क्वार्टर नहुँदा सुरक्षाकर्मीसमेत समस्यामा छन्।
प्रशासक तिवारी नयाँ भवनका लागि टेन्डर भइसकेकाले अब सहज बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘भवन निर्माणको काम अब सुरु हुँदैछ।नयाँ बन्ने कारागार भवन सय बन्दी राख्ने क्षमताको हुनेछ ।’
प्रतिक्रिया