कैलाली प्रहरीका नयाँ एसपी चन्दले सम्हाले जिल्लाको कमाण्ड
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द कार्यालयमा हाजिर भएका छन्। आज (आइतबार) चन्द हाजिर भएका हुन्।
उनले आजै कमाण्ड सम्हाल्ने छन्।केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट पठाइएका चन्द प्रहरीका व्यवसायिक अफिसर हुन् भने उनले पाल्पा प्रहरीको कमाण्ड गर्दा देशभरमै उत्कृष्ट भएका थिए।
अहिले उनी कैलालीका निवर्तमान एसपी बालनरसिंह राणालाई हेडक्वाटर तानिएपछि पठाइएका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालले राणालाई अघिल्लो साता नक्साल तानेको थियो।
कैलाली कारागारमा एक जनाको ज्यान जाने गरी भएको घटना भएको थियो। त्यसमा उनी विवादित भएका थिए। त्यसपछि उनलाई तानेर चन्द पठाइएका हुन्।
त्यसअघि कैलालीका सिडिओको पनि सरुवा भएको थियो। एसपी राणाले गत बैशाख २३ गते कैलाली प्रहरीको नेतृत्व सम्हालेका थिए। तर अवधि नपुग्दै उनी विवादमा आएपछि तानिएका हुन्। उसो त कम्तीमा एसपीले १ वर्ष जिल्ला बस्ने चलन छ।
प्रतिक्रिया