सशस्त्र प्रहरी द्धारा धनगढीबाट १४ लाख बढीको हार्डवयर तथा मोवाईल पार्टस बरामद
धनगढी । सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले धनगढीको सीमलघाटबाट १४ लाख रुपैयाँ बढीको अवैध बेवारिसे हार्डवयर तथा मोवाईल पार्टस बरामद गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १० सीमलघाट नाकाबाट सशस्त्र प्रहरीले १४ लाख ६२ हजार ८९६ बढीको अवैध बेवारिसे हार्डवयर तथा मोवाईल पार्टस बरामद गरेको हो ।
सशस्त्र प्रहरी वल बोडर आउट पोष्ट जुगेडाबाट सशस्त्र प्रहरी नायव नीरीक्षक भुवन बहादु बिश्वकर्माको कमाण्डमा खटिगएको १४ जनाको टोलीले बेवारिसे हार्डवयर तथा मोवाईल पार्टस बरामद गरेको हो ।
भारतबाट अवैध रूपले ल्याएर उखुबारीमा छुकाई छिपाई बेवारीसे राखेको अस्थामा हार्डवयरका सामान तथा मोवाईल पार्टस र गोरुगाडा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बरामद गरेको हार्डवयरका सामान, मोवाईल पार्टस र गोरुगाडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले जनाएको छ ।
प्रतिक्रिया