डाक्टर गोविन्द केसी गेटामा अनसन बस्दै
अत्तरिया । डाक्टर गोविन्द केसीले गेटा स्थिति दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा अनसन बस्ने भएका छन् । उनी आजै अनसन बस्नका लागि यहाँ आउने कार्यक्रम रहेको छ ।
उनी गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै अनसन बस्दै छन् ।
यसअघि २०८० मंसिर २९ गते २३ औँ अनसन बस्न आएका केसीले गेटामा प्रतिष्ठान हुनुपर्ने माग गरेपछि सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले फर्काएको थियो ।
प्रतिक्रिया