खुटिया खोलामा वेपत्ता ४ जना युवा मृत अवस्थामा फेला
धनगढी । कैलालीको खुटिया खोलामा डुबेर ४ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, शेहरी झुलोंगे पुल नजिक खोलामा पौडी खेल्ने क्रममा वेपत्ता युवा मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले खोलामा पौडी खेल्ने क्रममा सात जना किशोरमध्ये चार जना वेपत्ता भएको बताऐ ।
धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेको डिएसपी चन्दले बताए ।
डिएसपी चन्दका अनुसार उनीहरू दिउँसो करिब २ बजेतिर खुटिया खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
सोही समयमा खोलामा डुबेका अन्य तीन किशोरको भने सकुशल उद्दार गरिएको डिएसपी चन्दले जानकारी दिए ।
प्रतिक्रिया