धनगढी उपमहानगरमा भोलि स्थानीय बिदा
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मंगलबार बिदा दिएको छ । थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले बिदा दिएको हो ।
नगप्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उपमहानगरअन्तर्गत रहेका सरकारी कार्यालय, शिक्षक संस्था तथा संघसंस्थामा बिदा दिने निर्णय भएको उल्लेख छ ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यस्तै, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ ।
प्रतिक्रिया