कैलालीको गोदावरी नगरपालिका घेराउ

  शुक्रबार १०, चैत २०७९ १८:११

धनगढी । कैलालीको एक नगरपालिका व्यवसायीहरुले घेराउ गरेका छन्। जिल्लाको अत्तरिया बजारका व्यवसायीहरुले गोदावरी नगरपालिका घेराउ गरेका हुन्। बजार क्षेत्रमा पसल अगाडी व्यवसायीहरुले निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन लागेपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै नगरपालिका घेराउ गरेका हुन।

शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाएको थियो।व्यवसायीहरुले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रमण नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै विरोध जनाएका छन्।

नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीको पसल अगाडी निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको व्यवसायीको गुनासो छ। व्यवसायीहरुले तत्काल पाली हटाउने काम बन्द गर्न माग गरे पनि नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने जनाएको छ। 

 ७ दिने सूचनाको बेवस्था गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए। नगरपालिकाका प्रवक्ता भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएकाले उक्त काम नरोकिने बताए।

clock शुक्रबार १०, चैत २०७९ १८:११

प्रतिक्रिया