बन्द भयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट सूचना प्रणाली
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द गरेको छ ।
आर्थिक मामिला मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट २९ जेठ देखि असार १ सम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभामा सार्वजनिक गर्नेछ ।
वार्षिक बजेट प्रणालीमा आबद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो ।
नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया