धनगढीमा प्रथम फेन्सिङ्ग प्रतियोगिता हुँदै
धनगढी । कैलालीमा प्रथम जिल्लास्तरिय खुला फेन्सिङ्ग प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ कैलाली जिल्ला फेन्सिङ्ग संघको आयोजनामा यही असार १४ गते प्रतियोगिता हुने भएको हो ।
आयोजक कैलाली जिल्ला फेन्सिङ्ग संघले मंगलबार धनगढीमा पत्रकार सम्मेलमार्फत प्रथम जिल्ला स्तरीय फेन्सिङ्ग प्रतियोगिता हुने जानकारी दिएको छ । कैलाली जिल्ला फेन्सिङ्ग संघका अध्यक्ष जगतबहादुर शाहीले प्रतियोगित असार १४ गते धनगढीको खुला मञ्चमा खेलाइने बताए ।
उनले प्रथम, दृतीय र तृतीयलाई क्रमस १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार दिइने जानकारी दिए । उनले यो प्रतियोगितामा सरकारको प्राथमिकता दिन आवश्यक रहेको बताए । यस अघि धनगढीमा प्रदेश स्तरिय प्रतियोगिता सम्पन्न भईसकेको जानकारी दिदैँ उनले जिल्लास्तरिय पहिलो भएको उल्लेख गरे ।
धेरैलाई फेन्सिङ्ग खेलबारे थाहा नै छैन त्यसलाई चिनाउन पनि यो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहीको भनाई छ । ‘यो खेलको सम्भावनासंगै चुनौती पनि छ’ उनले भने, ‘यो खर्चिलो खेल हो । यसको ड्रेस अत्यन्त महगो पर्छ । यद्यपी ओलम्पिकसम्म जाने योभन्दा सजिलो अन्य खेल छैन ।’ प्रतियोगितामा ४० जना जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा फेन्सिङ्गका कोच दिनेश पाण्डेले इपी र सेभर विधामा खेल खेलाइने बताए । यो खेलमा जोखिम कम रहेको उनको अनुभव रहेको छ । त्यस्तै कार्यक्रममा सुदूरपश्चिम स्तरीय फेन्सिङ्ग संघका अध्यक्ष त्रैलोक्य पाण्डेले फेन्सिङ्ग खेल खेलाडीलाई अन्तराष्ट्रिय खेल खेल्न सजिलै अवसर पाउन सक्ने बताए । अरु खेल डोजाङ्ग, जिल्ला, प्रदेश, राष्ट्रिय खेलेपछि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाइन्छ भने फेन्सिङ्ग खेल प्रदेश, राष्ट्रिय खेलेपछि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन सकिने उनले बताए । उनले यो अत्याधिक खर्चिलो भएको उल्लेख गरे ।
२०७९ सालमा दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को आयोजना गरिएको थियो । प्रतियोगितामा बागमतीका १२, सशस्त्र प्रहरीका १०, कोशी १७, गण्डकी १४ र सुदूरपश्चिमका १८ गरेर ७१ जना खेलाडीको सहभागिता रहेको थियो । फेन्सिङ्ग प्राचीन तरवारबाजी कला हो । चार हजार वर्ष पहिले इजिप्ट, चीन, ग्रीस र भारतमा तरवारबाजी लोकप्रिय थियो । प्रत्येक आधुनिक ओलम्पिकमा निरन्तर हुँदै आएको चार खेल मध्यको फेन्सिङ्ग पनि एक हो । फेन्सिङ्ग खेलमा धैर्यता, सुझबुझ र चातुर्यताको आवश्यकता रहन्छ । कैलालीमा बि.स. २०७८ सालबाट खेलाउन सुरु गरिएको फिन्सिङ्ग खेल नेपालमा भने सन् २०१५ मा प्रवेश भएको थियो ।
प्रतिक्रिया