धनगढीमा शेयर बजारका लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन

  शनिबार ०५, फागुन २०८० २०:०८

धनगढी । शेयर बजारका लगानीकर्ताहरूका लागि आज (शनिवार)सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भएको छ।

भिजन सेक्युरिटिज प्रालि, स्टक ब्रोकर नम्बर ३४ ले आयोजना गरेको कार्यक्रमको एक समारोहबीच प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले उद्घाटन गरेका हुन्। कम्पनीले शेयर कारोबारसम्बन्धी ज्ञान अभिवृद्धिको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कार्यक्रम उद्घाटनका अवसरमा मन्त्री शाहीले शेयर बजार जोखिमपूर्ण भएकाले लगानीकर्ताहरूले राम्ररी अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिए। उनले भिजन सेक्युरिटिजले धनगढी शाखामार्फत सेवा विस्तार गरेकोमा धन्यवाद समेत व्यक्त गरे। 

सचेतना कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना तथा शेयर बजारविज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टराईले शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री, शेयर लगानीका फाइदा, शेयर खरिद गर्ने तरिका, दोस्रो बजार, लगायत शेयर कारोबारका मुलभूत पक्षबारे प्रस्तुतिका साथै प्रशिक्षण दिएका थिए।

भिजन सेक्युरिटिजले लामो समयदेखि धितोपत्र बजारको पहुँच नपुगेका क्षेत्रहरूलाई लक्षित गरी लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

clock शनिबार ०५, फागुन २०८० २०:०८

प्रतिक्रिया